Nepali Congress retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हिजो निर्वाचन आयोगमा अद्यावधिकका लागि विवरण बुझाइएको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगसमक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाउनुभएको हो।
सोसँगै नेपाली कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरूसमेत बुझाउनुभएको हो।
कार्तिक १३, २०८३
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार !
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ । आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो । नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन् । ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो । सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भत्र्सना गर्दछ ।
हामी सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गर्दछौँ ।
जय नेपाल !
गगनकुमार थापा
सभापति
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री बहादुर सिंह लामा (तामाङ) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री जीवनबहादुर शाहीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
1
17
781
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री प्रतिमा गौतमज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री अजयबाबु शिवाकोटीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री रामहरि खतिवडाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा डा. डिला संग्रौला (पन्त) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री उदय शम्शेर राणाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री प्रदीप पौडेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा श्री बिनोद कुमार चौधरीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा ई.मधु आचार्यज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा डा.चन्द्रकान्त भण्डारीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा श्री पुष्पा भुसालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा श्री विश्वप्रकाश शर्माज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभएकोमा श्री गगन कुमार थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Nepali Congress retweeted
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन -
परम्पराको सम्मान, परिवर्तनको संकल्प,
समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प।























