बाबाजी (@baabajee) header
बाबाजी (@baabajee) profile picture

ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।

Karnali(Surkhet)-Kathmandu
Joined September 2009
Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)Photo by बाबाजी (@baabajee)
झम्क्यो डालीमा......!
31
191
32
690
कहीं पे निगाहें कहीं पे निशाना जीने दो ज़ालिम, बनाओ ना दीवाना कोई ना जाने इरादे हैं किधर के मार ना देना तीर नज़र का किसी के जिगर पे नाज़ुक ये दिल है, बचाना ओ बचाना कहीं पे निगाहें, कहीं पे निशाना तौबा जी तौबा निगाहों का मचलना देखभाल के, ऐ दिलवालों, पहलू बदलना क़ाफ़िर अदा की अदा है मस्ताना कहीं पे निगाहें, कहीं पे निशाना ज़ख़्मी हैं तेरे, जाएँ तो कहाँ जाएँ? तेरे तीर के मारे हुए देते हैं सदाएँ कर दो जी घायल, तुम्हारा है ज़माना कहीं पे निगाहें, कहीं पे निशाना आया शिकारी, ओ, पंछी तू संभल जा देख जाल है ज़ुल्फ़ों का, तू चुपके से निकल जा उड़ जा, ओ, पंछी, शिकारी है दीवाना कहीं पे निगाहें, कहीं पे निशाना कहीं पे निगाहें, कहीं पे निशाना — शमशाद बेगम – at Nepal
6
720
फेक आइडी बनाएर, मेरो कपाल, मेरो दाह्री, मेरो हुलिया, मेरी आमा, मेरा दिदी बहिनीहरुलाई जोडेर अश्लील गालीगलौज गर्ने बेपहिचान खाता चलाउने राक्षसहरु हो ! यति त भन्न सक्छु-तिमीहरु जो हौ, कोहीपनि बिराना होइनौ। मेरै वरपर रहेका, भेटहुँदा "हजुर त खत्रा मान्छे हो नि" दोगलाहरु हौ! तिमीहरु जस्ता लुकेर प्रहार गर्ने हुँडारसंग डराउँदो हुँ त म सामाजिक सञ्जालमा आउने नै थिइन ! दम छ भने मलाई दिनमा १००-१०० पटक गाली गर, तिमीहरुको गालीले मलाई झन् बलियो बनाउँछ ! लौ चोड्याओ !!!! – at Nepal
4
2
1
39
5,126
नागरिक-नागरिक भिडाएर कुर्सी तताउने, डार्क-रुमबाट स्टाटस पोष्ट गरेर रमाउने! हामी त देश बनाउन मनैदेखि खट्छौं, बिचमा कतै स्टन्टबाज भेटिए बरु एक-कदम पछि हट्छौँ ! बुझिराख्नु; रिल्स तथा चिप स्टाटसमा रमाउने र पसिना बगाएर इतिहास रच्नेमा आकाश-पातालको फरक त बिल्कुलै हुन्छ हुन्छ! – at Nepal
1
29
1,234
बाबाजी retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
154
285
86
946
77,094
अरुलाई ३५-३५-३५ भन्दाभन्दै यो सरकार यौडो ३० बर्षे केटाको आडमा ३० बर्ष पुरानो स्थितिमा आफै पुग्यो ! म ढुक्क छु, यो सरकार आउने चैत १३ सम्म टिक्यो भने आजसम्मका सबै इतिहाँसको रेकर्ड तोड्नेछ अस्थिरता र असुरक्षामा! याद गर ! देश हामी सबैको हो, कसैले कसैलाई डर देखाएर डन बन्न नखोजे हुन्छ!
20
12
5
99
6,090
भएगरेका गल्तीहरुमा निर्मम् बन्नुस्-पिताजी नै दोषी रैछन् भनेपनि मेरो साथ तपाईंलाई नै हुनेछ। षड्यन्त्रको तानाबाना बुनेर कसैलाई पनि दुर्व्यवहार गर्न खोज्नुहुन्छ भने तपाईंका बिरुद्ध अन्तिम साससम्म लड्ने सामर्थ्य त राखिन्छ! बा हुन्-बालेन हुन्, कुमार हुन्-सुकुमार हुन् वा जोसुकै भएपनि!
1
4
47
2,379
कुकुरको रिल्स बनाए पुरस्कार पाइन्छ, आइजिपी भएर अपराधीहरुले लुकाएको मोबाइल खोजे पदबाट हटाइन्छ ! भ्रष्टाचारका विरुद्ध नेपाली नागरिकले ऐतिहासिक मत दिएर बनाएको सरकारको प्राथमिकता ! – at Nepal
9
16
72
2,204
दम हुने सरकारले होहल्ला नगरिकन भटाभट कानुनको पालना गराउन थाल्छ। सरकार बनेको २०८२ चैतमा हो, आजसम्म कति भ्रष्टाचार र सेटिङका मुद्दाका दोषीहरुलाई कारागार चलान (हिरासत होइन) गरियो? सेलेक्टिभ वायस्डनेस भन्दा अरु के कहाँ कति छानबिन गरियो भ्रष्ट्राचारको? अनुहार मन नपरेपछि बाटोमा हिँडिरहेको मानिसलाई समेत केरकार गरेर, सोसल मिडियामा जे पायो त्यै दुश्प्रचार गर्दै बदनाम गरेर जानाजान दुःख दिनु सुशासन होइन छिचोरापन हो, बद्मासी हो, डिजिटल गुण्डागर्दी हो। आफै अपराधको जगबाट उम्रिएका, कल बाइपास लगायतका काण्डका आरोपितहरुले आफुमाथि उब्जिएका प्रश्नहरु र मुद्दामा क्लिनचिट लिउन् न पहिला, अनि बल्ल अरुमाथि हर्‍यास गर्ने नैतिकता राख्छन् ! होइन भने यो गुण्डागर्दीको हिसाबकिताब त राख्छ समयले ! पाकिस्तानी मोडलको सत्ता सञ्चालनको अभ्यास सुरु गराउन खोज्दै हुनुहुन्छ भने याद गर्नुहोला; नेपालमा त्यो टिक्दैन! र, जसको बलमा सत्ता चलाउन खोज्दै हुनुहुन्छ त्यो नितान्त कर्मचारी प्रशासनकै एउटा निकाय हो, समानान्तर सत्ता बनाउने प्रयास नगर्नुस्। त्यसको हैसियत हामीले द्वन्द्वकाल हुँदै २०६४ सालसम्म आइपुग्दा पुरै देखिसक्या छौँ, जतिबेला यो सरकारका केही मन्त्री र सांसदहरुले भर्खरै कट्टु लगाउन सिक्दै थिए होला ! त्यसैले फेरि भन्छु: दम छ भने कानुनको कार्यान्वयन गर्नुस्, गराउनुस्। भ्रष्टाचार वा कुनैपनि प्रकारका आर्थिक सेटिङका काण्डहरुको अनुसन्धानले प्रमाण दिएको छ भने अहिल्यै पक्रिनुस्, कोकोलाई पक्रिने हो पक्रिइहाल्नुस्, अन्यथा यो हर्‍यासमेन्टको मुल्य चुकाउन तयार हुनुस् र यो पनि याद गर्नुस्, यसपटक तपाईंहरुको झुण्डले नै सत्ताबाट लखेटिँदै गर्दाको कोरियोग्राफीको न्यूनतम् बेञ्चमार्क पनि सेट गरेकै छ, अब हुँदा त्यो भन्दा भयानक नै होला, कम त नहोला ! जय नेपाल!🙏 – at Nepal
8
4
47
1,612
जब राज्यका निकायहरु कमजोर भन्दा पनि अँझ कमजोर हुन्छन् तर कन्स्पिरेसी झन् झन् बलियो हुन थाल्छ; त्यो कन्स्पिरेसी मध्येको एउटा केस हुन्छ-हिरासतमा रहेका अभियुक्तको सार्वजनिक नगरिएको बयान ! अनि त्यही कपोलकल्पित बयानमा आधारित भएर दुश्प्रचारयुक्त समाचार बनाउँछन् सोही बलियो सरकारका थायी सल्लाहकारका साथीहरुले! यही हो सुशासनयुक्त बलियो सरकार? आम नेपालीले चाहेको सरकार, खोजेको सरकार यस्तै हो? लाज आफै कहिलेदेखि लजाउन थाल्छ हँ यिनीहरुबाट? यदि गल्ती गरेको सानो झिल्को बराबर मात्रको प्रमाण छ भनेपनि कानुनी कारबाही अघि बढाउन केले रोक्छ यो सरकारलाई? तर यहाँ कुरो गल्तीको प्रमाण भेटेको होइन, कसैको झूटो, आधारहीन र भ्रामक सुचनाले दुश्प्रचार गरी मानमर्दन गर्ने र आफु उ भन्दा राम्रो देखिने प्रयास गर्ने गोलचक्करको हो। यो कुत्सित प्रवृति नयाँ होइन, यो त झन् राणाकाल र रणबहादुर शाहकालको हो। इतिहास पढ्नुस् त पाँडे, बस्न्यात र थापाहरु कसरी शाहबंशीय राजाहरुको पारिवारिक षड्यन्त्रको जालोमा कसरी फसाइए? रास्वपा र बालेन सरकारले त्यसैगरी यो खेलाउनु, यिनीहरु "नयाँ"को खोल ओढेर आएका पुराना ब्वाँसाहरुको झुण्ड हो भन्ने कुराको दह्रो प्रमाण यही कुरा हो। धन्यवाद!🙏 – at Nepal
3
3
34
1,881
हामी नेपालीहरुको औसत चेतना वा बौद्धिक स्तर कस्तो छ भन्ने कुरा हेर्न नेपाली राजनीतिका केही चर्चित पात्रहरुको स्टाटस र त्यसमा आउने कमेन्ट हेर्नुस्। किन बालेनका स्टाटसमा कमेन्टको ओइरो लाग्छ? उनका कस्ता कुरामा मानिसहरु कमेन्ट गर्न ओइरिन्छन्? किन गगन थापाले सयौँपटक सुशासन, विधि, पद्दति, प्रणाली, जवाफदेहिता र लोकतन्त्रको कुरा गर्दा औषतमा १५,००० लाइक, ५,००० कमेन्ट र १५०० शेयर हुन्थ्यो भने आजको स्टाटसमा ४/५ घण्टामै यत्रो लाइक, कमेन्ट र शेयर आयो होला? किन भने सोसल मिडियाका हाइपर पोलिटिसियनहरुले हामीलाई कन्ट्रोभर्सी सिकाए, एकअर्कालाई हियाउने बानी बसाल्दिए! खैर, कुनैदिन त हामी सबैलाई आउला नि चेत! गगनजीले उनीहरुलाई उनीहरुकै भाषामा दिएको यो जवाफ सायद उनीहरुले बुझ्ने छैनन् किनकी उनीहरुले जे जति बुझ्थे र बुझ्छन् त्यो ढर्रा त देखाइसकेका जो छन् ! – at Nepal
6
2
64
2,947
राजनीतिलाई "डर्टी गेम" भन्नेहरुले त्यही "डर्टी गेम"मा फन्टुस्याँई थपेर झन् गिजोल्दैछन् र यसमा हालिमुहाली फेरि उनै विचौलियाहरुको छ जो हिजोअस्ति पनि बिचौलिया नै थिए ! धैट् !! – at Nepal
1
2
1
22
1,772
कालो टोपी, कालै कोट र कालो पाइन्ट लगाएर आफैंलाई बालेनावतार ठान्नेहरु पनि छन् फेरि केही जोक्करहरु ! यो संसार सर्कस हो, हामी सबै जोक्कर हौँ, जोक्कर हुनु अघि हामी सबै भर्खरै घर बनाएर बस्न थालेका राउटे (फिरन्ते जीवनबाट खेतिपाती मात्र गर्न थालेका) हौँ भन्थ्यो कसैले, हो झैं लाग्दैछ। हामीले सत्ता त फेर्न सक्छौँ तर औकात फेर्न सकेनौँ र त आन्दोलन जति भएपनि अनुहार र उमेर फेरिफेरि आउने उस्तै तोरीहरुबाट शासित हुन सक्छौँ। यो हाम्रो नियति बदलिन हाम्रो चेतनाको स्तर पनि बदल्नैपर्छ। नत्र अरु ५० बर्ष यही हालत हुने हो हाम्रो!🙏 – at Nepal
4
1
22
1,699
हैट् ! मध्यरातमा, बिहानसम्म झरीले धन्नै धानको ब्याडजस्तो भएको मैदानमा यो कस्तो कडक खेल भा हो गाँठे ! 😂
5
1,480
नेपाल प्रहरीको लाइन एजेन्सी गृह मन्त्रालय चलाउने मन्त्रीले मातहतका सुरक्षा निकाय भन्दा बढी सेना रिझाउने ध्याउन्नमा खट्ने, सरकार प्रमुख चाहिँ प्रहरी प्रमुखलाई निकाल्न लागेको समाचारले बजारमा झ्याली पिटाउने अनि ह्युमिलेशनको तोडमा भएका प्रहरी प्रमुखले यो सब गराए भनेर अर्को कन्स्पिरेसी छर्दिने ! क्या नौटंकी छ कि यो सरकारको ! नकचराहरु !!! – at Nepal
पुलिसले पत्रकार पक्रिन्छ तर सरकार प्रमुख र उनको सचिवालयले भन्छ: नाँई मलाई था छैन! सत्ताधारी दल भन्छ: पत्रकार पक्राउको बिरोध गर्दछौं। यो सरकार कस्ले चलाएको हो खासमा? बालेन कसको पुतली हुन्? के उनी गहुँबारीमा ठड्याएको कालोबश्त्रधारी बुख्याँचा मात्र हुन् त? होइनन् भने यो नौटंकी किन?
4
23
1,977
पुलिसले पत्रकार पक्रिन्छ तर सरकार प्रमुख र उनको सचिवालयले भन्छ: नाँई मलाई था छैन! सत्ताधारी दल भन्छ: पत्रकार पक्राउको बिरोध गर्दछौं। यो सरकार कस्ले चलाएको हो खासमा? बालेन कसको पुतली हुन्? के उनी गहुँबारीमा ठड्याएको कालोबश्त्रधारी बुख्याँचा मात्र हुन् त? होइनन् भने यो नौटंकी किन? – at Nepal
5
8
1
69
4,366
मेरो लागि आजको दिन मन प्रफुल्लित बनाउने समाचार यो हो:👇 बूढीगण्डकी बाढीमा फसेको कुकुरको २० दिनपछि उद्धार onlinekhabar.com/2026/10/204… – at Nepal
1
2
20
1,812
चाहिएको छ ४ अर्ब ७० करोड अमेरिकी डलर, पाइएको छ २ करोड १६ लाख अमेरिकी डलर ! पहिलोपटक देशलाई हानीनोक्सानी कोषबाट रकम, पुनर्निर्माणको आवश्यकता ०.५% भन्दा निकै कम ! १ शब्दमा यो सबैलाई ब्याख्या गर्दा=चिलिमफ्वाँक! – at Nepal
4
1
34
2,641
कर्णालीका क्रेजी फ्यान कर्णाली याक्स र जनकपुरको खेल हेर्दै सुर्खेत, वीरेन्द्रनगरको घण्टाघर पार्कमा। – at Nepal
1
39
2,483
हाम्रो देशको पछिल्लो पुस्ताले खोजेको, रोजेको, छानेको मानेको नेता: "संसदमा पस्नै नहुने, पसेपनि बस्नै नहुने बसिहाले बोल्नै नहुने, मनको कुरो खोल्नै नहुने क्रेजी फ्यानसंग घण्टौँ बस्ने, बाँकी सबको गला कस्ने जात्रा-क्रिकेट छोड्नै भएन, वार्ता-संवाद गर्नै भएन दल र नेता सबै चोर, नछोड् कोइलाई जाक्दे खोर्" क्रेजी फ्यान: वाह वालेन वाह, बट् आइ डोन्ट लाइक पोलिटिक्स, बिकज पोलिटिक्स इज अ डर्टी गरम ! – at Nepal
4
10
54
3,195
श्री १८२ बालेन्द्र साह शाहको क्याबिनेटका एकजना मन्त्रीले अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक स्थलमा बोलेको बिषयमा तर्कपूर्ण टिप्पणी (मन पराउन नपराउन दुबै पाउने छुट हुँदाहुँदै पनि) गर्दा केही अराजक हाइपर-पोल्टिक्सका उपजहरुको निन्दा र नीच गाली सहनुपरेको छ। के जात्तिबित्ती उम्लेका यी घण्टीका छाउराहरु? हदै भएन र यार ! – at Nepal
1
1
14
2,411