गजल
जताततै देखिँदा ती रक्त पिपासु
उपाय के हटाउँ म बनेँ जिज्ञासु॥
पिरतीमा मिसाए पेसाको दुर्गन्ध
नजिकिइ कसैलाई भयो नटासुँ॥
देखाएर दुखै त हिँडिन्न कहिल्यै
तर खोलि ह्रदय सकिन्न म हाँसु॥
गर्नैपर्यो उद्धार भक्तको तिमीले
अवतार लिएर आऊ न हे वासु॥
Shailendra Thapa retweeted
शुभ विहानी ! आपसी सम्बन्धलाई विस्तृत रुपमा परिभाषित गर्न त्यति सजिलो हुँदैन । त्यसैले त भन्छन्, प्रगाढ र बलियो सम्बन्धको महानता एवम् सम्भाव्यता हाम्रो वरीपरी सलबलाइरहने बाधा अड्चनभन्दा महत्वपूर्ण हुन्छन्। शुभ दिन ! शुभ समय !
Shailendra Thapa retweeted
एउटा महिलाको लामो सास र हजारौं नबोलेका कुरा मेरो शब्दमा✍️
हामी महिलाको एउटा लामो सासमा हजारौं कथा लुकेका हुन्छन्। त्यो सास हामी हाँस्दा-हाँस्दै फेर्छौं भान्सामा काम गर्दा-गर्दै फेर्छौं, राति सबै सुतेपछि एक्लै बसेर फेर्छौं।
त्यो सासमा हाम्रा अधुरा सपनाहरु हुन्छन्, कसैलाई भन्न नसकेको दुःख हुन्छ, सबैको लागि गर्दा-गर्दै आफ्नै लागि केही गर्न नपाएको गुनासो हुन्छ, तर कसैलाई भन्दैनौं।
हामी सबैलाई सम्हाल्छौं, सबैको सुन्छौं, तर हाम्रो कुरा सुन्ने कोही हुँदैन। त्यसैले हामी केही बोल्दैनौं, बस एउटा लामो सास फेरेर सबै कुरा मनभित्रै गुम्साएर राख्छौं।
अब त केही कुराले पनि पहिले जस्तो खुसी दिँदैन... सानो कुरामा पनि कति रमाउँथ्यौं, तर अहिले हजार खुसी अगाडि आए पनि मनले महसुस नै गर्न सक्दैन। दुःखले पनि.……….पहिले सानो चोटले रातभर रुन्थ्यौं, तर अहिले ठूलो दुःखले पनि आँसु झार्न सक्दैन। सायद धेरै रोइयो, धेरै सहियो।
कसैसँग रिस छैन, दोष पनि छैन। बस अब कसैसँग कुनै अपेक्षा गर्न मन छैन।
जसले सम्झिन्छ, उसको लागि हामी छौं, जसले बिर्सिन्छ, उसलाई मुस्कुराएर बिदा गरिदिन्छौं।
कहिलेकाहीँ रातको एक्लोपनमा आफैलाई सोध्छौं - "के म साँच्चै खुसी छु त?"
जवाफ आउँदैन, बस एउटा तातो आँसु झर्छ र एउटा भारी सास निस्कन्छ।
हो, हामी दुःखी होइनौं, हामी त बस धेरै कुरा सहेर, धेरै रात एक्लै रोएर भित्रैदेखि थाकिसकेका महिला हौं, जसले रोएर होइन, त्यही एउटा लामो सासले आफ्नो सबै पीडा बगाइदिन्छौं।
Note: “लेख्ने प्रयास जारी छ, समाजमा घटिरहेका कथालाई सम्झिएर लेखेकी छु, धन्यवाद।"✍️
Shailendra Thapa retweeted
हामीहरु विच सवै कुरामा सहमति हुनैपर्छ भन्ने कुरा जरुरी होइन तर एक अर्कालाई सम्मान गर्नुपर्ने कुरा भने अत्यावश्यक हे ! शुभ रात्री ! शुभ समय !
Shailendra Thapa retweeted
स्वास्थकर्मीलाई कुट्ने समाज आफैं बिरामी छ
जसले आफ्नो निद्रा बेचेर तपाईंको निद्रा फर्काउँछ
जसले आफ्नो आँसु लुकाएर तपाईंको आँसु पुछ्छ
उसीको शरीरमा हात उठ्छ भने…………….
त्यो समाज बिरामी भैसकेको हो।
त्यसलाई कसरी निको बनाउने?
1. बुझेर
डाक्टरले रोग बनाएका होइनन्।
उनले त भाँचिएको प्रणालीको बीचमा बसेर
तपाईंलाई बचाउने कोसिस गरेका हुन्।
रिस अस्पतालको बेडमा होइन, प्रणालीलाई देखाउनुस्।
2. सम्झेर
त्यसै त डाक्टरहरू बिदेशिएका होइनन् र?
MBBS पढेर कोही फर्किंदैन।
किनकि यहाँ इज्जत छैन, यहाँ सुरक्षा छैन।
एक दिन अस्पतालमा डाक्टर नहुँदा
त्यो दिन हामीले बुझ्नेछौं हामीले के गुमायौं भनेर।
तर त्यतिबेला धेरै ढिलो भैसक्छ।
3. माया गरेर
डाक्टरलाई भगवान भन्नु पर्दैन।
उनीहरू पनि मानिस हुन्। थाक्छन्, रुन्छन्।
बस "धन्यवाद" भनिदिनुस्।
"सम्मान छ" भनिदिनुस्।
त्यति सानो शब्दले एउटा थाकेको डाक्टरलाई
फेरि 24 घण्टा लड्ने हिम्मत दिन्छ।
डाक्टरलाई कुटेर रोग निको हुँदैन।
डाक्टरलाई अँगालो हालेर समाज निको हुन्छ।
आज हामीले एउटा डाक्टरको मान बचायौं भने
भोलि हाम्रो परिवारको ज्यान बच्ने छ।✍️
Shailendra Thapa retweeted
राजनीति त हामीले महाभारतकाल देखि नै गर्दै आएको हो नि तर सबैभन्दा ठुलो राजनीति त कृष्णले गरे किनकि उनले त्यत्रो कौरव सेनालाई मूर्ख बनाइदिए त्यसैले राजनीति भनेको मुर्खहरु सक्किने खेल हो..………..✍️
झर
१,
को संग किन हिँड्दै छ कुन्नि पिरती गाँसेर
बुझिन्न बस्छ चौबीसै घण्टा मौनता साधेर
२,
भक्तले ठाने इश्वरै गरे देवत्व करणै
बुझेन अर्थ टाढिदै आज छाडेर शरणै
३,
सत्ताको चास्नी डुबेर मर्ने शासक जहिल्यै
बिचरा देश पीडामा मुक्ति पाएन कहिल्यै
क्रमशः
"मुक्तक"
बिहान अर्ति दिने साथि लत छाड्नलाई
बेलुका पुग्छ माटोमाथि मुख गाड्नलाई
अर्ति भन्नु यस्तै रहेछ दिन लाई सजिलो
अम्मलमा न आए नी सहज बाँड्नलाई ॥
समस्या बाट मुक्ति चाहने हो भने म सक्छु र मैले सक्नुपर्छ भन्ने भावनाको बिकास हुनु जरुरी छ। र यो कसैको फेर समाएर वा अन्धभक्त बनेर पछिपछि कुद्दा सम्म सम्भव छैन।
गजल
कालो मान्छे हुँदा संगत पुरै कालाको
गर्छु साथै भरोसा चैँ तिखो भालाको॥
मदिरा भाङ गाँजा सेवन बानी हुनाले
यदाकदा सुताइ पनि फोहोर नालाको॥
उमेर सानो भन्छन् म त बुढो देखिएँ
नशा वाजको रङ्ग उड्दा झट्टै गालाको॥
विरासतमा पाएँ जति उड्यो सम्पत्ति
कमाई छैन कामै छैन चावी तालाको॥
Shailendra Thapa retweeted
आखिर बुहारी खोजेको हो कि घर चलाउने सीप भएको फुल टाइम कर्मचारी?
छोरालाई पानी सारेर खानसमेत नसिकाउने अनि बुहारी चाहिँ जन्मिँदै भान्से, धोबी, सरसफाइ कर्मचारी र घर व्यवस्थापक सबै बनेर आउनुपर्ने रे!
छोरालाई संस्कार सिकाउन नसक्ने तर बुहारीलाई संस्कारी खोज्ने समाजले पहिले ऐना हेर्न जरुरी छ। बुहारी घर सम्हाल्न आएकी हो, आफ्नो छोराको जीवनभरको नालायकी सम्हाल्न होइन! ✍️
Shailendra Thapa retweeted
अब अरूलाई त एनआरएन नागरिकता नलिन सुझाउँला, आफूले भने लिइसकियो। न ओकल्नु, न निल्नु भयो! आफ्नै मातृभूमिमा एउटा घरसमेत किन्न नपाइने भएपछि बाँकी अधिकारको के कुरा गरौँ र! ✍️
Shailendra Thapa retweeted
शुभ विहानी ! हरेक मानिसको आफ्नो अलग्गै सोच र पहिचान हुन्छ। हामीले चाहेरै पनि आफ्नो सोच अरुको मनमा थोपर्न सक्देनौँ। त्यसैले अरुलाई आफुजस्तै हुन् भन्ने पनि नसोचौँ। आफ्नो जीवन कुनै अवरोध विना आफ्नै हिसाबले जिउन शुरु गरौँ। शुभ दिन !शुभ समय !
Shailendra Thapa retweeted
प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । नमस्कार, शुभ प्रभात 🙏🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌾🌾🌾🌾🌾🌾🌾
झर
१,
अगुल्टो खाएको कुकुर बिजुली चम्के तर्सिन्छ
शंकामा छ दुनियाँ भोलि के के दर्शिन्छ
२,
घर भित्रका बाघ बाहिर पुगेर स्याल बन्छन्
त्यसैले त परत्रीले हाम्री आमाका करङ गन्छन्
३,
ललिपप संग बालकले बाला साट्यो भने
व्यापारी मालामाल बा आमा कंगाल बने
शुभ प्रभात 🙏🙏
गजल
देश मन्दिर सत्ता साधक जनता भगवान
बन्दा गर्थ्यो समृद्धिले शिखर को उडान॥
सनातन त्यो धर्म भन्छ जोगाउ मानवता
सम्प्रदाय बन्छन् गर्छन् त्यसमा व्यवधान॥
टाढिनु को कारण खोज्दा शान्ति समृद्धि
हिँड्छन् बाटो बिर्सि गर्ने समस्या उठान॥
क्रमशः










