(⭐DEV SINGH⭐) retweeted
ॐ नमो नारायनाये नमः
मङ्गलम् भगवान विष्णुः, मङ्गलम् गरुडध्वजः। मङ्गलम् पुण्डरीकाक्षः, मङ्गलाय तनो हरिः॥
(⭐DEV SINGH⭐) retweeted
तिमीलाई अप्ठ्यारो पर्दा साथी सम्झेर दिएको पैसा, मलाई अप्ठ्यारो पर्दा माग्दा खुरुक्क फिर्ता दिने होइन र?
दिँदा साथीको नाताले दिएँ,
माग्दा आफ्नै पैसा मागेको हुँ।
उपकार सम्झेर दिएको थिएँ,
उपहार भनेर त दिएको थिइनँ नि!
साथी हो भने साथ देऊ,
नत्र मेरो पैसालाई तिम्रो सम्पत्ति नसम्झ!
यस्तो साथीको नाम कमेन्टमा लेख्न मन लाग्यो कि लागेन?
"पैसा दिएको साथीले देखोस्, अनि खुरुक्क फिर्ता गरोस्! ✍️
(⭐DEV SINGH⭐) retweeted
मानिसको मृत्यु भएपछि सबैले एउटै कुरा भन्छन् आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस्। तर एउटा जिज्ञासा चाहिँ सधैँ मनमा आउँछ।
यो स्वर्ग आखिर कहाँ छ? अहिलेसम्म कसले देख्नुभएको छ? को–को त्यहाँ पुगेर फर्किनुभएको छ? यदि पुगेर आउनुभएको कोही हुनुहुन्छ भने स्वर्गको ठेगाना र फोन नम्बर उपलब्ध गराइदिनुहोला। मलाई पनि एकपटक फोन गरेर बुझ्न मन छ।
नत्र नदेखेको ठाउँको ठेगाना दिएर पठाउने हामी पनि कस्ता अचम्मका मान्छे रहेछौँ है! ✍️
(⭐DEV SINGH⭐) retweeted
एउटा महिलाको लामो सास र हजारौं नबोलेका कुरा मेरो शब्दमा✍️
हामी महिलाको एउटा लामो सासमा हजारौं कथा लुकेका हुन्छन्। त्यो सास हामी हाँस्दा-हाँस्दै फेर्छौं भान्सामा काम गर्दा-गर्दै फेर्छौं, राति सबै सुतेपछि एक्लै बसेर फेर्छौं।
त्यो सासमा हाम्रा अधुरा सपनाहरु हुन्छन्, कसैलाई भन्न नसकेको दुःख हुन्छ, सबैको लागि गर्दा-गर्दै आफ्नै लागि केही गर्न नपाएको गुनासो हुन्छ, तर कसैलाई भन्दैनौं।
हामी सबैलाई सम्हाल्छौं, सबैको सुन्छौं, तर हाम्रो कुरा सुन्ने कोही हुँदैन। त्यसैले हामी केही बोल्दैनौं, बस एउटा लामो सास फेरेर सबै कुरा मनभित्रै गुम्साएर राख्छौं।
अब त केही कुराले पनि पहिले जस्तो खुसी दिँदैन... सानो कुरामा पनि कति रमाउँथ्यौं, तर अहिले हजार खुसी अगाडि आए पनि मनले महसुस नै गर्न सक्दैन। दुःखले पनि.……….पहिले सानो चोटले रातभर रुन्थ्यौं, तर अहिले ठूलो दुःखले पनि आँसु झार्न सक्दैन। सायद धेरै रोइयो, धेरै सहियो।
कसैसँग रिस छैन, दोष पनि छैन। बस अब कसैसँग कुनै अपेक्षा गर्न मन छैन।
जसले सम्झिन्छ, उसको लागि हामी छौं, जसले बिर्सिन्छ, उसलाई मुस्कुराएर बिदा गरिदिन्छौं।
कहिलेकाहीँ रातको एक्लोपनमा आफैलाई सोध्छौं - "के म साँच्चै खुसी छु त?"
जवाफ आउँदैन, बस एउटा तातो आँसु झर्छ र एउटा भारी सास निस्कन्छ।
हो, हामी दुःखी होइनौं, हामी त बस धेरै कुरा सहेर, धेरै रात एक्लै रोएर भित्रैदेखि थाकिसकेका महिला हौं, जसले रोएर होइन, त्यही एउटा लामो सासले आफ्नो सबै पीडा बगाइदिन्छौं।
Note: “लेख्ने प्रयास जारी छ, समाजमा घटिरहेका कथालाई सम्झिएर लेखेकी छु, धन्यवाद।"✍️
(⭐DEV SINGH⭐) retweeted
बाल्यकालमा मेरो एउटा साथी थियो, मलाई कविता पढ्न मन पर्छ भन्ने थाहा पाएर उसको घरमा हरेक हप्ता आउने कोपिला पत्रिका सङ्गालेर राख्थ्यो र मेरो गाउँ आउने कोही भेटे पोको पारेर कोशेली स्वरुप पठाउँथ्यो
अर्को साथी थियो, एयरपोर्टमा मलाई बिदाइ गरेर घर फर्केपछि जहाज उड्ने समय पर्खेर घरको छतमा बस्थ्यो अनि प्लेन उडेपछि फोटो खिचेर म्यासेन्जरमा पठाउँदै भन्थ्यो, "तिमी बसेको जहाज मेरो घरको माथिबाट उड्दा तिमीले मलाई देख्यौ?"
हेटौँडा छँदा एउटी साथी सामान्य दिनहरूमा उसको मम्मीलाई मेरो लागि पनि खाना बनाउनू भन्थिन् । प्रायजसो त्यो साँझ म उसकोमा पुगेकै हुन्थेँ । उसलाई सर्प्राइज् दिन खोज्दा म स्वयम् सप्राइज्ड् हुन्थेँ
एउटा अर्को साथी हरेक पटक फिल्म हेर्न जाँदाको टिकट जतनले राख्थ्यो किन भनेर सोध्दा, "सम्झनाको लागि" भन्थ्यो एउटा साथीलाई ५ वर्षपछि भेटेकी थिएँ, उसले भान्सामा हुनुभको आन्टिलाई "दुई ठाउँमा खाना पस्किनु, एउटामा दाल नहाल्नू" भनीन्। मैले खासै दाल मन नपराउने ५ वर्षअघिको आफैँलाई सम्झेँ । "अहिले त मलाई दाल मन पर्छ" भन्न सकिनँ ।
तपाईंको जीवनमा पनि यस्तै मिठो र प्यारो हर्कतले माया जताउने कोही होलान् नि है ? त्यस्तो सम्झना छन् भने कमेन्टमा लेखेर याद ताजा बनाउनुस् ।
मेरा आत्मिय साथीहरू, मैले तँ/तिमीलाई खुब सम्झेको छु ✍️
(⭐DEV SINGH⭐) retweeted
परदेशको यो सुन्दर सहरमा हिँड्दै गर्दा मनमा एउटै कुरा आउँछ
यहाँ सपना पूरा गर्न आएको छु, तर ती सपना पूरा गर्ने दौडमा आफ्नै परिवार, गाउँघर र देशबाट टाढिएको छु।
परदेशले खुसी त दिएको छ, तर आफ्नोपन खोसेको छ। शरीर परदेशमा भए पनि मन त सधैँ नेपालमै छ।✍️
(⭐DEV SINGH⭐) retweeted
यो कसैप्रतिको व्यक्तिगत आरोप होइन
हाम्रो समाजमा देखिने एउटा विरोधाभासपूर्ण मानव व्यवहारप्रति मेरो मनमा उठेको गहिरो अनुभूति र प्रश्न हो। बाहिर कसैले गल्ती गर्दा मुस्कुराएर माफ गर्न सक्ने मानिसले आफ्नै श्रीमती र छोराछोरीका सानातिना गल्तीलाई किन त्यही उदारताले हेर्न सक्दैन?✍️
(⭐DEV SINGH⭐) retweeted
स्याल कुकुर भन्दा धेरै बाठो हुन्छ
तर पनि मानिसहरू कुकुर नै पाल्छन्
किनभने सम्बन्ध चलाखीले होइन
इमानदारीले चल्छ.………….✍️
(⭐DEV SINGH⭐) retweeted
तिमी पण्डित बदल, मन्दिर बदल या भगवान बदल”
केहि हुदैन ...…………….!
राम्रो नतिजाको लागि, एक पटक आफ्नो विचार नै बदल्नु पर्छ ………….!!!!✍️
(⭐DEV SINGH⭐) retweeted
साधकले बुझ्छ
धोका होस्, गाली होस्
या अपमानको चोट
यी सबै अहंकारका आवाज हुन्।
किनकि सत्य बोल्ने
प्रेम गर्ने
वा भित्र शान्त बस्ने मान्छेले
कसैलाई चोट दिन्न।
धोका दिने हात
गाली गर्ने मुख
र अपमान गर्ने नजर
यी सबै डर र असुरक्षाबाट जन्मिएका हुन्।
साधक जान्दछ
उनीहरू आफ्नै अन्धकारसँग लडिरहेका छन्।✍️
(⭐DEV SINGH⭐) retweeted
उही दाउराको आगो तापेर जिउ न्यानो भइसके पछि धुवाले आँखा पोल्यो भन्दै लात हानेर हिँड्ने समाज हो मित्र यो। त्यसैले सम्हालिएर हिँड…………….!!✍️
(⭐DEV SINGH⭐) retweeted
लाखौँ मान्छे हस्पिटलमा छन् । कोही रोगसँग लडिरहेका छन् । कोही जीवन र मृत्यूको दोसाँधमा उभिएका छन् । उनीहरूको कुरुवा बस्ने आफन्त कति दिनदेखि सुत्न पाएका छैनन् । उनीहरू भगवानसँग एउटै कुरा माग्छन्, "निको भएर घर जान पाईयोस् ।" उनीहरूका लागि सबैभन्दा ठूलो खुसी त्यति हो ।
हजारौँ मान्छे कुनै न कुनै मुद्दा लडिरहेका छन् । वादी/प्रतिवादी भएर पेसी, सुनुवाई र फैसलाको पछि दौडिरहेका छन् । त्यो पनि वर्षौँदेखि । उनीहरूको एउटै सपना त्यो मुद्दाको निचोड हो । त्यो टुङ्गिए आरामको सास फेर्दा हुन् ।
कति मान्छे गरिबीले थलिएका छन् । छानोबाट जून देखिन्छ । दुई छाक भरपेट खान पाएको दिन मिठो निन्द्रा पर्छ । न्यानो भएर सुत्न पाए कति मिठो निन्द्रा लाग्छ । उनीहरूको खुसी त्यतै कतै अल्झिएको छ ।
कति बेरोजगार छन् । कतिले अकालमै आफन्त गुमाएका छन् । कति दृष्टिबिहिन भएर पनि उज्यालो छर्ने प्रयासमा छन् । कोही बोल्न सक्दैनन् तर विचार बाँडिरहेका छन् ।
यो सबथोकभन्दा पर एउटा सामान्य जमात छ । जसलाई आफ्नोभन्दा बढि अरुको पिर छ । जो आफ्नो खुसीमा भन्दा अरुको बर्बादिमा रमाउँछ । आफूसँग भएको १० देख्दैन, अरुसँग भएको ५ मा जल्छ । कसै न कसैलाई गालि नगरी बस्नै सक्दैन । आफूलाई सधैँ अरुसँग तुलना गर्छ । आफ्नो दुख केही छैन तर संसारका सबै दुख उसले नै बोकेर बसेको छ । जोसँग लालचको यस्तो भोक छ, जति खाए पनि अघाउँदैन । मुस्कुराउन जान्दैन । कृतज्ञ हुँदैन । बस्, तुलना गर्छ र दुखी हुन्छ ।
यस्ता दुखी आत्माहरूले सुनको थालमा भात पाए भने पनि के भन्छन् थाहा छ ?
"यो भात पनि सुनकै भए हुन्थ्यो नि है ?"
Be grateful for what you have. If you have an ordinary life, that's rare. Live it. ✍️
(⭐DEV SINGH⭐) retweeted
Happy Thankful Thursday!
As Thanksgiving gets closer, let’s remember that the greatest blessings aren’t always the biggest ones. Sometimes they’re the little moments, the laughter of our children, a warm hug, a peaceful morning, and the people we love.
Today, choose gratitude over worry and appreciate the beautiful blessings you already have.
What’s one thing you’re thankful for today?
(⭐DEV SINGH⭐) retweeted
माता तुलसी र श्री शालिग्राम जीको दिव्य विवाहको अवसरमा हार्दिक शुभकामना।
भगवान् श्री हरि विष्णुको कृपा र माता तुलसीको आशीर्वादले सम्पूर्ण भक्तजनहरूको जीवनमा सुख, शान्ति, समृद्धि र आनन्द ल्याओस्।
जय माता तुलसी जय श्री हरि विष्णु
तुलसी विवाहको शुभकामना ✍️
(⭐DEV SINGH⭐) retweeted
हे कृष्ण!
न धनको घमण्ड चाहियो, न संसारको देखावटी माया।
बस्, यति कृपा गरिदिनुहोस् कि दुःखमा नआत्तिऊँ, सुखमा नबदलिऊँ र कसैको आँसुको कारण कहिल्यै नबनूँ।
त्वमेव माता च पिता त्वमेव।
त्वमेव बन्धुश्च सखा त्वमेव॥ ✍️
(⭐DEV SINGH⭐) retweeted
गार्हो छ है गार्हो
तनाव पनि केको मात्रै लिनु
जिन्दगी ठिकठाक चल्दै थियो, अनि फेरि मंसिर आयो 🙉✍️











