Rajaram Bartaula (@rrbartaula) header
Rajaram Bartaula (@rrbartaula) profile picture

राप्रपा ( RPP )

Nepal
Joined March 2013
Rajaram Bartaula retweeted
अन्तरकृया तथा भेटघाट कार्यक्रम अन्तर्गत आज राप्रपा कैलालीमा अत्यन्तै उत्साहजनक उपस्थितीमा पार्टी सुदृढीकरण गर्ने प्रतिबद्धताका व्यक्त गर्नुभएको मा अत्यन्तै खुशी छु!
2
4
80
Rajaram Bartaula retweeted
बाँकेको नेपालगञ्जमा दुई महत्त्वपूर्ण व्यक्तित्वहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्वागत गर्ने अवसर प्राप्त भयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका लुम्बिनी प्रदेश सदस्य तेजबहादुर भण्डारी र नेकपा एमालेका नेता तथा पूर्व गाविस अध्यक्ष धनराज चौधरीलाई राप्रपामा हार्दिक स्वागत छ
1
3
1
8
920
Rajaram Bartaula retweeted
पार्टीको कामको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर पुग्दा आज दोधारा चाँदनी जाने अवसर प्राप्त भयो। सोही क्रममा गत भदौमा भत्किएको दोधारा चाँदनी झुलुङ्गे पुलको वर्तमान अवस्थाको समेत अवलोकन गरियो। ​झन्डै डेढ किलोमिटर लामो यो पुल नेपालकै एक गौरव र महाकाली वारिपारि रहेको नेपाली भूभागलाई जोड्ने महत्त्वपूर्ण सेतु थियो। यसको ठूलो आर्थिक र सामाजिक महत्त्व पनि छ। हाल पुल भत्किएर स्थानीयलाई सास्ती भइरहेको हुँदा यसको यथाशीघ्र पुनर्निर्माण गर्नेतर्फ वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण होस् @ShahBalen
3
6
455
Rajaram Bartaula retweeted
प्रधानमन्त्रीको भारत भ्रमण : अपेक्षा, सम्भावना र चुनौती सम्पूर्ण नेपाली जनताको सद्भाव र शुभकामना बोकेर प्रधानमन्त्री बालेन्द्र शाह भोलिदेखि मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ। यस अवसरमा उहाँको भ्रमणको पूर्ण सफलताको हार्दिक कामना गर्दछु। नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा बहुआयामिक सम्बन्ध रहिआएको छ। दुवै देशबीचको खुला सिमाना र जनस्तरमा निर्बाध आवतजावत यस सम्बन्धका विशिष्ट विशेषता हुन्। सदियौँ पुरानो घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध हुँदाहुँदै पनि स्वाभाविक रूपमा दुई देशबीच केही जटिल र संवेदनशील समस्याहरू विद्यमान छन्। विशेषगरी सीमा विवाद, व्यापार तथा पारवहनका समस्या, नेपालको तराई क्षेत्रमा हुने डुबान, असमान सन्धि–सम्झौताका विषयलगायत लामो समयदेखि समाधान हुन नसकेका थुप्रै मुद्दाहरू छन्। यी समस्याको न्यायोचित र दिगो समाधान आवश्यक छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको धेरै समय भएको छैन। प्रधानमन्त्रीका रूपमा उहाँको यो पहिलो भारत भ्रमण पनि हो। त्यसैले यसै भ्रमणबाट धेरै ठूला उपलब्धिको अपेक्षा गर्नु स्वाभाविक नहुन सक्छ। भ्रमणअघि प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेताहरू तथा परराष्ट्र मामिलाका विज्ञ र अनुभवी व्यक्तिहरूसँग पर्याप्त परामर्श गर्नुभएको सार्वजनिक जानकारीमा आएको छैन। त्यसैले उहाँले कुन–कुन विषयलाई प्राथमिकतामा राख्नुहुनेछ र भ्रमणबाट कस्ता उपलब्धि हासिल गर्ने लक्ष्य राख्नुभएको छ भन्नेबारे नेपाली जनतामा पर्याप्त स्पष्टता छैन। तथापि, यस भ्रमणलाई अनावश्यक औपचारिकता र तामझामबाट मुक्त राख्दै नितान्त Business-like, छोटो र छरितो बनाउने प्रधानमन्त्रीको प्रयास सराहनीय छ। विगतदेखि समाधान हुन नसकेर थन्किएका महत्त्वपूर्ण, गम्भीर र संवेदनशील विषयहरूलाई यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसमक्ष स्पष्ट र सशक्त रूपमा प्रस्तुत गर्न सकियो भने त्यो सकारात्मक कदम हुनेछ। साथै, ती विषयलाई आगामी दिनमा प्राथमिकताका साथ टुङ्ग्याउन निश्चित समयसीमा, उपयुक्त संयन्त्र र दुवै पक्षको प्रतिबद्धतासहितको सहमति निर्माण गर्न सकियो भने त्यसलाई यस भ्रमणको महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ। पुरानै ढर्राका औपचारिक विज्ञप्ति र वक्तव्यले मात्र नेपाली जनतालाई आश्वस्त पार्न सक्दैनन् भन्ने कुरा प्रधानमन्त्रीले पक्कै बुझ्नुभएको हुनुपर्छ। आज नेपालको मुख्य प्राथमिकता आर्थिक विकास र समृद्धि हो। यसका लागि जलस्रोत, ऊर्जा, यातायात तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा दीर्घकालीन महत्त्वका परियोजना अघि बढाउने र तिनको कार्यान्वयन सुनिश्चित गर्ने समझदारी यस भ्रमणका क्रममा हुन सक्यो भने त्यो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हुनेछ। भारतले हासिल गरिरहेको तीव्र आर्थिक प्रगतिसँग नेपालको आर्थिक विकासलाई जोड्ने उपयुक्त संरचना, नीति र आधार तयार गर्नेतर्फ प्रधानमन्त्रीको विशेष ध्यान जानेछ भन्ने विश्वास लिएको छु। यसका अतिरिक्त, सबैभन्दा महत्त्वपूर्ण पक्ष नेपाल–भारत सम्बन्धमा विश्वासको पुनर्निर्माण हो। विगतमा विभिन्न कारणले दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ। नेपाली नेताहरूका कतिपय अविश्वसनीय व्यवहार र अभिव्यक्तिका कारण द्विपक्षीय सम्बन्धमा अविश्वास र दूरी बढेको छ। केही अवधारणागत मतभिन्नताहरू पनि विद्यमान छन्। यी सबै पक्षलाई सम्बोधन गर्दै दुई देशबीच पारस्परिक सम्मान, विश्वास र समानताको बलियो आधार निर्माण गर्न प्रधानमन्त्रीले विशेष प्रयास गर्नुपर्छ। आगामी राजनीतिक परिस्थितिमा कुनै अप्रत्याशित परिवर्तन भएन भने वर्तमान सरकार कम्तीमा अर्को चार वर्षसम्म कायम रहने सम्भावना छ। त्यसैले अहिले नै सबै विषयको समाधान खोज्ने हतार गर्नुभन्दा द्विपक्षीय सम्बन्धको बलियो जग निर्माण गर्नु बुद्धिमानी हुनेछ। आज विश्वासको आधार तयार गर्न सकियो भने आगामी दिनमा प्रधानमन्त्रीले पटक–पटक भारत भ्रमण गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसर प्राप्त गर्नुहुनेछ। अन्त्यमा, प्रधानमन्त्रीज्यूलाई मेरो एउटा विनम्र सुझाव छ—हतार नगर्नुहोस्, परिणाममुखी र दूरदर्शी दृष्टिकोण अपनाउनुहोस्। तत्कालीन प्रचारमुखी उपलब्धिभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनुहोस्। सम्बन्धको बलियो जग निर्माण गर्ने प्रयास गर्नुहोस्। विश्वास, पारस्परिक सम्मान र आर्थिक साझेदारीमा आधारित नेपाल–भारत सम्बन्ध नै दुवै देशको हितमा हुनेछ। प्रधानमन्त्रीले राष्ट्रहितमा गर्ने असल काममा मेरो व्यक्तिगत तथा हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ र सहयोग रहनेछ। @ShahBalen @MofaNepal
4
4
13
2,049
Rajaram Bartaula retweeted
आदरणीय नेता दिपक बोहोराको सम्झना:
1
5
114
Rajaram Bartaula retweeted
नवलपुरमा थारु समुदायको उत्कृष्ट नाचबाट स्वागत गरेकोमा धन्यवाद राप्रपालाई अगाडी बढाउन लाग्नैपर्छ
3
10
312
Rajaram Bartaula retweeted
राप्रपा नवलपुरको कार्यकर्ता भेला तथा अन्तरर्कृया कार्यक्रम भव्यताको साथ सम्पन्न भयो। सबैलाई धन्यवाद!
2
4
66
Rajaram Bartaula retweeted
राप्रपा संगठन सुदृढिकरण अभियानको सिलसिलामा जिल्ला भ्रमण गर्दा आज फुर्सदको समयमा पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको साथमा एउटा नयाँ अनुभवको अभ्यास
3
3
2
42
6,904
Rajaram Bartaula retweeted
आज मकवानपुर र चितवनका साथीहरूलाई हार्दिक धन्यवाद ल! @KTnepal
1
6
73
Rajaram Bartaula retweeted
फेरि उठाउँछौं, उठ्छ, उठाउनुपर्छ राप्रपा ! पार्टी एकता र संगठन सुदृढिकरणको दोस्रो चरणको अभियानमा हामी आज मकवानपुर र चितवन पुग्दैछौं।
10
4
1
14
4,137
Rajaram Bartaula retweeted
एक शुभचिन्तकको सुझाव: दलीय राजनीतिमा सक्रिय भइसकेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिका हैसियतमा राज्यबाट प्राप्त गर्दै आउनुभएका सबै प्रकारका सेवा-सुविधा र सैनिक सुरक्षा त्याग गर्नुपर्दछ। यो न्यूनतम नैतिकताको विषय हो।
9
23
1
109
7,382
Rajaram Bartaula retweeted
यो तस्बिरलाई सुहाउँदो क्याप्सन के होला?
71
12
16
109
20,482
Rajaram Bartaula retweeted
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन र अन्तरक्रिया कार्यक्रम आज पोखरामा उत्साहजनक सहभागिताका साथ सम्पन्न भयो। राप्रपालाई नयाँ ढंगले अघि बढाउन यो कार्यक्रम कोसेढुङ्गा बन्ने विश्वास छ। आयोजक राप्रपा गण्डकी प्रदेश कार्यसमिति र कास्की जिल्लालाइ धन्यवाद
1
3
12
1,174
Rajaram Bartaula retweeted
मैले किन लेखे? Reimagining Nepal-A New Path to National Renaissance
5
19
1,401
Rajaram Bartaula retweeted
महान पर्व छठको अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना। सबैको जय होस्।
2
5
22
1,067
Rajaram Bartaula retweeted
हुन त मेरो भनाइ कतिपयलाई तीतो लाग्ला वा मेरो पूर्वाग्रह ठानिएला, तर सङ्घीयताका पक्षधरहरूसँग मेरो एउटा विनम्र जिज्ञासा छ। सङ्घीयता लागू भएको एक दशक बितिसक्दा पनि विशेषगरी प्रदेश संरचनाको औचित्य, महत्त्व र आवश्यकतालाई कसरी पुष्टि गर्नुहुन्छ? यदि प्रदेश संरचना नभएको भए देशलाई कहाँ र के नोक्सान पर्थ्यो? अनि, बितेको एक दशकमा सर्वसाधारण जनता र राष्ट्रले यसबाट के ठोस फाइदा पाए? केही व्यक्तिविशेषको लहडमा लादिएको र देशको अर्थतन्त्रले धान्नै नसक्ने यो खर्चिलो संरचनाबारे अब पुनर्विचार गर्ने बेला भएन र? विगत दस वर्षको अनुभवले प्रदेश संरचना केवल राजनीतिक अस्थिरता, अराजकता र भ्रष्टाचारको अखडा मात्र बनेको देखाउँछ। त्यसैले, यो बोझिलो संरचना खारेज गरी बरु हालको स्थानीय सरकारको अवधारणालाई अझ अधिकारसम्पन्न र सशक्त बनाएर अघि बढ्नु पो उपयुक्त हुन्छ कि?
5
11
1
42
3,853
Rajaram Bartaula retweeted
भाइटीका २०८३ बहिनीहरूलाई धेरै धेरै आशीर्वाद, सँधै जय होस्
2
5
36
2,827
Rajaram Bartaula retweeted
उनी पकाउँदै, म खाँदै, भाग्यमानी केटो!
25
10
24
206
98,045
Rajaram Bartaula retweeted
तिहारको भेट : पुराना दिनको सम्झना र समिक्षा गऱ्यौं। पार्टी जीवनको अर्को नवीन क्षणमा छौं, सुधार गर्नुपर्ने विषयमा छलफल गरौं, नयॅा प्रयोग गर्ने भूल नगरौं भन्नेमा मेरो जोड रह्यो । @rrbartaula @bjkhadka
2
6
239