चाबाहिल retweeted
"Sanatan Civilization" most palatable phraseology of Sanghis. There is no civilization such as Sanatan. I have never seen him being Islamophobic 🤦♂️I will not cater and feed evidences for you. इजरायल र भाजपाका दफ्तरमा गएर काट्टो खानेहरुलाई खासमा खारेज नै गर्नुपर्ने हो के personal.
He is very proud of the pluralistic nature of the Sanatan civilization. And never denies that there are issues in it (which is my belief too). No civilization is flawless anyways. I have never seen him being Islamophobic but yes he is right in his statement that the sanatan civilization in India which has allowed India to be a democracy (flawed now) orelse you dont find a democracy till the Mediterranean sea.
Also I didn’t call you up with names (although people call you with terrible names) because I believe in rational debates. This is another problem with intolerant lefties which has pushed the liberals further away.
चाबाहिल retweeted
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
चाबाहिल retweeted
Exclusive: दुई वर्षअघिसम्म मासिक ४० हजार रुपैयाँ तलबमा प्राथमिक तहका शिक्षक रहेका इनम सापकोटाको बैंक खातामा पछिल्लो एक वर्षमा अस्वाभाविक कारोबार देखिएको छ ।
कान्तिपुरले उच्च स्रोतबाट प्राप्त गरेको उनको बैंकिङ कारोबारको विस्तृत विवरणअनुसार एक वर्षमा एउटै बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ । सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा विभिन्न राजनीतिक व्यक्तिसँग सम्पर्क र रकम व्यवस्थापनबारे बयान दिएका छन्।
@gauravpkh’s reporting: ekantipur.com/news/2026/11/1…
चाबाहिल retweeted
Ram is a mythical figure. If we interpret Ram as a mythical figure he was a Brahminical misogynistic male. Calling Ram a morality is just as calling Javed Akhtar rationalist. Clown 🤡
#WATCH | Mumbai, Maharashtra: "...Ram is not just about a person; Ram is a morality. Ram is a way of living. Ram is certain aesthetics, certain morality...Ram is in the blood of every Indian, whatever religion they follow. He is a way of life...," says lyricist Javed Akhtar while speaking on the lines 'Mann se Ravan jo nikale, Ram uske Mann main hai' from 'Pal Pal Hai Bhaari' from Swades, a song penned by him.
चाबाहिल retweeted
धर्मनिरपेक्षता धर्मको विरोध होइन, राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु हो। छठ कुनै दल वा नेताको निजी सम्पत्ति होइन, हाम्रो साझा सांस्कृतिक सम्पदा हो। नेताहरू सहभागी हुँदैमा पर्व दूषित हुँदैन, बरु धर्मनिरपेक्षताको गलत व्याख्याले धार्मिक सद्भाव बिगार्छ। प्रश्न नेताहरू किन गए भन्ने होइन, तपाईंलाई उनीहरू गएकोमा यति आपत्ति किन?
“You can lead a horse to water, but you can't make him drink”
चाबाहिल retweeted
उनी कांग्रेस नेता उमेश श्रेष्ठका भाई हुन्।
nayapatrikadaily.com/news/20…
चाबाहिल retweeted
किन भन्नु हुँदैन ‘आइमाई’?
अभिनेत्री @reecchasharrma ले एउटा सार्वजनिक कार्यक्रममा ‘आइमाई नभन्नुस्’ भनेपछि उहाँलाई खेदो गर्ने र ‘आइमाई’ शब्दको औचित्य प्रमाणित गर्न खोज्नेहरू बग्रेल्ती देखिएका छन्।
यो बहस नयाँ होइन। आजभन्दा दुई वर्षअघि, २५ जुन २०२४ मा मैले यही विषयमा एउटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यसबेला उठाएका प्रश्न र राखेका तर्क अहिले पनि उत्तिकै सान्दर्भिक लागेकाले पुरानो स्टाटसलाई केही परिमार्जनका साथ पुनर्लेखन गरेर यहाँ राखेको छु।
कुनै शब्दको शाब्दिक अर्थ, व्युत्पत्ति वा प्रयोगकर्ताको मनसायभन्दा त्यस शब्दले समाजमा बोकेको ऐतिहासिक अर्थ, सामाजिक प्रभाव र सम्बोधित व्यक्तिको आत्मसम्मान बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले अरूलाई हेप्ने वा अपमानित गर्ने अर्थमा जतिसुकै स्थापित शब्द भए पनि त्यसको प्रयोग नगर्नु भाषिक मात्र होइन, सामाजिक र नैतिक जिम्मेवारी पनि हो।
यस सन्दर्भमा केही कुरा बुँदागत रूपमा राखौँ।
१. शब्दको व्युत्पत्ति र सामाजिक अर्थ एउटै कुरा होइनन्।
कुनै शब्दको उत्पत्ति कहाँबाट भयो, त्यसको शाब्दिक अर्थ के हो र त्यसलाई प्रयोग गर्ने व्यक्तिको मनसाय के थियो भन्नेभन्दा पनि त्यस शब्दले लामो सामाजिक अभ्यासबाट के अर्थ बोकेको छ भन्ने महत्त्वपूर्ण हुन्छ। शब्दकोशमा राम्रो अर्थ भेटिँदैमा समाजमा त्यसले बोकेको अपमानजनक अर्थ मेटिँदैन।
२. ‘आइमाई’ शब्दको समस्या यही हो।
नेपाली समाजमा यो शब्द लामो समयदेखि महिलालाई हेप्ने, होच्याउने र निम्नस्तरको ठान्ने भाषिक व्यवहारसँग जोडिएर प्रयोग हुँदै आएको छ। कतिपयले सामान्य अर्थमा प्रयोग गर्लान्, तर त्यसले शब्दको ऐतिहासिक र सामाजिक भार मेटाउँदैन।
३. ‘आर्यमाता’ बाट बनेको महान् शब्द हो भन्ने तर्कले यसको सामाजिक अर्थ बदलिँदैन।
कुनै शब्दको व्युत्पत्तिलाई जति नै सुन्दर बनाए पनि त्यसको वर्तमान सामाजिक प्रयोग र प्रभावलाई बेवास्ता गर्न मिल्दैन। शब्दको महानता प्रमाणित गर्न संस्कृतको व्युत्पत्ति खोतल्नु सजिलो छ, तर त्यसले सम्बोधित व्यक्तिको अनुभूति र आत्मसम्मानलाई खारेज गर्न मिल्दैन।
४. सम्बोधित व्यक्तिलाई त्यो शब्द मन पर्दैन भने प्रयोग नगर्नुहोस्।
भाषा प्रयोग गर्ने स्वतन्त्रता छ भन्दैमा अरूलाई मन नपर्ने, अपमानबोध गराउने शब्द प्रयोग गरिरहन पाउनुपर्छ भन्ने हुँदैन। भाषा केवल बोल्ने व्यक्तिको सम्पत्ति होइन। त्यसले सम्बोधित व्यक्तिको सम्मान पनि समेट्छ।
५. एउटा सामान्य उदाहरण हेरौँ।
म बाहुन हुँ। कसैले मलाई ‘ए बाहुन्’ भनेर सम्बोधन गर्दा अपमानबोध हुन्छ भने त्यसलाई मेरो व्यक्तिगत संवेदनशीलता भनेर उडाइदिन मिल्छ? त्यसैगरी, कसैलाई ‘ए नेवार्’ वा ‘ए मधिसे’ भन्दा उसलाई कस्तो लाग्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। सम्बोधित व्यक्तिको असहजतालाई उसको समस्या बनाएर आफूले चाहेको शब्द प्रयोग गरिरहनु कस्तो भाषा संस्कार हो?
६. यो ‘डलरे चेतना’ होइन, सामाजिक चेतना हो।
मधेसी समुदायले ‘मदिसे’ नभनिदिन आग्रह गर्दा ‘मलाई पहाडे भन्दा केही हुँदैन’ भन्ने तर्क गर्नेहरू हामीकहाँ छन्। दलित समुदायले आफूलाई दलित भनेर सम्बोधन गर्दा त्यस शब्दसँग जोडिएको ऐतिहासिक दलन र विभेद सम्झाइरहँदा ‘दलित भन्नै छाडे दलन हट्छ’ भन्नेहरू पनि छन्। महिलाले ‘आइमाई’ नभनिदिन आग्रह गर्दा त्यसको विरोध गर्नेहरू पनि तिनै हुन्।
यी सबैमा एउटा साझा प्रवृत्ति छ: सम्बोधित व्यक्तिको आत्मसम्मानभन्दा आफूले प्रयोग गर्दै आएको भाषिक अधिकारलाई ठूलो ठान्ने अहङ्कार।
७. संसारमा शब्दप्रयोगसम्बन्धी मान्यता र अभ्यास बदलिएका छन्।
कुनै समय सामान्य मानिएका कतिपय शब्द आज अपमानजनक र सामाजिक रूपमा अस्वीकार्य मानिन्छन्। अंग्रेजीका Negro, Eskimo, Gypsy, Red Indian जस्ता शब्दको प्रयोग र स्वीकार्यतामा आएको परिवर्तन यसका उदाहरण हुन्। हामीकहाँ पनि ‘लाटा’, ‘लङ्गडा’ जस्ता शब्दको प्रयोगप्रति सचेतना बढेको छ। यसलाई भाषा बिग्रिएको होइन, समाज सभ्य हुँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ।
८. शब्दको बचाउ गर्न नसकेपछि विचारलाई ‘डलरे’ भनिन्छ।
कुनै शब्दको विरोध गर्नेबित्तिकै त्यसलाई विदेशी प्रभाव, डलरको खेती वा पश्चिमी संस्कृतिको नक्कल भनेर खारेज गर्नु तर्क होइन। यो आफ्नो भाषिक व्यवहारमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिन नसक्नेहरूको सजिलो प्रतिरक्षा हो।
९. भाषाको विकास भनेको शब्द जोगाउनु मात्र होइन, शब्दले दिने चोट पनि बुझ्नु हो।
भाषा परम्पराको नाममा जस्ताको तस्तै राखिरहनुपर्ने वस्तु होइन। समाज बदलिन्छ, चेतना बदलिन्छ र शब्दका अर्थ पनि बदलिन्छन्। अरूलाई होच्याउने अर्थमा स्थापित शब्दको प्रयोग छाड्नु भाषिक कमजोरी होइन, सामाजिक र नैतिक परिपक्वता हो।
१०. अन्त्यमा, एउटा सजिलो परीक्षण छ।
तपाईँलाई ‘आइमाई’ शब्द यति नै महान् र सम्मानजनक लाग्छ भने आफ्ना आमा, दिदीबहिनी, श्रीमती र छोरीबुहारीलाई एकपटक सिधै वा घुमाएर ‘आइमाई’ भनेर सम्बोधन गर्नुहोस्। उहाँहरूको प्रतिक्रिया हेर्नुहोस्।
तर एउटा कुरा ख्याल गर्नुहोला: उहाँहरूले आपत्ति जनाउनुभयो भने उहाँहरूको भावनाको सम्मान गर्नुहोला। आफ्नो शब्दको महानता प्रमाणित गर्न उहाँहरूलाई नै गलत साबित गर्न नथाल्नुहोला।
शब्दको व्युत्पत्ति देखाएर कसैको आत्मसम्मानलाई परास्त गर्न सकिँदैन।
महिलाले ‘आइमाई नभन्नुस्’ भनेको आग्रहलाई सम्मान गर्न नसक्ने हामीले आफूलाई सभ्य र शिक्षित समाजको सदस्य कसरी भन्ने?
चाबाहिल retweeted
मदेसिको मासिहा #_बदरी_नात_झा_ जी ले सुन्नै पर्ने खाल्को पो रैच !
मधेसिलाइ विभेद गर्ने पहाडिया लोग हुन् भनेर येतिन्जेल आरोप लाये बुढाले ...कथा अर्कै पो रैच! मधेसी भाइ कै मुखबाट सुनेसी त दुधको दूध पानीको पानी छर्लङ्ग भयो नि हैन्त झा जि ,कि यो भाइ नि 'पेड' हो?
परस्ट पारुङ् ट झा जि😃
बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने
setopati.com/politics/402191
चाबाहिल retweeted
महाराजाले सिध्याउन नसकेको गगन थापालाई जडीबुटी व्यापारीका एक थोपा शुक्रकीटले सिध्याउन सक्दैनन्। गगन थापाको अस्तित्व रहने कि नरहने भन्ने भन्दा पनि देशको स्वाधीनता र जनताको स्वतन्त्रता रहने कि नरहने भन्ने गम्भीर परिस्थिति खडा भएको छ।
चाबाहिल retweeted
राजनीतिको केन्द्रदेखि प्रशासनसम्म अनि सुरक्षानिकायदेखि उद्योगपतिसम्म फिक्सर दीपक भट्टले कसरी सम्बन्ध विस्तार गरेका थिए ? विगत ६ महिनामा कान्तिपुरले पूर्वमन्त्रीदेखि सुरक्षा अधिकारी, कर्मचारी र व्यवसायीसम्मका कम्तीमा ५० जनासँग दीपकको भूमिका र खेलबारे कुरा गरेको थियो । दीपकले कसरी शक्ति र साम्राज्य विस्तार गरेका थिए ? यसबारे बुझ्न कान्तिपुरको यो बिशेष रिपोर्टिङ पढ्न सक्नुहुन्छ । by @Dahalmatrika4
ekantipur.com/news/2026/11/0…
चाबाहिल retweeted
हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र तत्कालीन मन्त्री रिजालसहित ९७ विरुद्ध भ्रष्टाचार मुद्दा | Naya Patrika News nayapatrikadaily.com/news/20…






















